सोमबार, साउन २५, २०८३

दिल्ली उडे दाहाल

नयाँ दिल्लीमा प्रधानमन्त्री पत्नी आरजु र आफू जानु संयोग मात्रै भएको अध्यक्ष दाहालको तर्क।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भाव केन्द्रित रहेको बताएका छन्। यो भ्रमणले भारतसँगको सम्बन्ध सुधारमा सहयोग पुग्ने विश्वास अध्यक्ष दाहालको छ। दाहाल भारतीय जनता पार्टीको निम्तोमा दिल्ली जान लागेका हुन्।

दिल्ली उड्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए।

प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमण चलिरहेका बेला गठबन्धनकै अर्का नेता दाहालले दिल्ली जानुमा यसलाई संयोग मात्रै भएको उनले जिकिर गरे।

अध्यक्ष दाहालले भने, ‘उहाँ (आरजु) को भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ। मक्सद फरक–फरक हो। यस विषयमा शुक्रबार बिहानै मात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ। दिल्लीमा आरजुसँग भेट हुन सक्छ । तर हाम्रो भ्रमणको उद्देश्य फरक छ।’


प्रकाशित: Jul 15, 2022| 13:17 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...