सोमबार, साउन २५, २०८३

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सत्ता गठबन्धन सहमत

सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको दाबी।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सहमत भएको छ।

मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन विधेयकबारे गठबन्धन नेतृत्वले ब्रिफिङ गरेका थिए।

‘कानुनमन्त्रीले सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषद्ले पास गरेपछि संसद्मा  दर्ता हुन्छ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको म्याद असार ३२ मा सकिँदै छ।

प्रकाशित: Jul 15, 2022| 12:56 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...