सोमबार, साउन २५, २०८३

दूरसञ्चार प्राधिकरणको पैसामा सञ्चारमन्त्रीलाई गाडी

प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीलाई सवारी साधन खरिदका लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीका लागि सवारी साधन खरिद गरिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार कानुन विपरीत उक्त सवारी खरिद गरिएको हो। 

प्राधिकरणको बजेटबाट २ करोड ५ लाख २५ हजार रुपैयाँमा मन्त्रीका लागि एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ। 

प्राधिकरणको स्वीकृत कार्यक्रमअनुसार सवारी साधन खरिदमा २ करोड रुपैयाँ बजेट व्यवस्था भए पनि २०७७ पुस १६ को मन्त्रीस्तरीय निर्णयबाट मन्त्रीका लागि २ करोड ५ लाख २५ हजारमा एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

त्यतिबेला मन्त्रालयमा पार्वत गुरुङ सञ्चारमन्त्री थिए। उनकै सेटिङमा प्राधिकरणको पैसामा गाडी खरिद गरेको पाइएको हो। 

प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीलाई सवारीसाधन खरिदका लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर छ। यस प्रकारको खर्चमा नियन्त्रण गर्नसमेत महालेखाले सुझाएको छ।


प्रकाशित: Jul 15, 2022| 12:50 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...