आइतबार, असार ७, २०८३

आईजीपी मुद्दामा अन्तिम सुनुवाइ हुँदै, फैसला आजै आउन सक्ने

नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ।  

National life

शुक्रबार रिट निवेदक विश्वराज पोखरेलको तर्फबाट बहस सुरु भएको हो। जवाफी बहस सकिएपछि सर्वोच्चले आज नै फैसला सुनाउन सक्नेछ। शुक्रबार फैसला नसुनाए अर्को दिनका लागि निसु (निर्णय सुनाउने) मिति तोक्नेछ। 

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ। आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनलाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।

यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउ गर्दै वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई  र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।


प्रकाशित: Jul 15, 2022| 12:14 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...