शुक्रबार, साउन १, २०८३

हाजार्ड यो महिना चेल्सी बाहिर नजाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–बेल्जियम तथा चेल्सीका स्टार खेलाडी इडेन हाजार्डले यो महिना चेलसी नछोड्ने बताएका छन् । हाजार्डले अगस्ट ३१ मा युरोपियन ट्रान्सफर विन्डोज बन्द नभए सम्म क्लब नछोड्ने बताएका हुन् । 

रियल माड्रिडसँग जोडिएका उनले यसअघि जुलाईमा यो समय केहि अलग खोज्नेको हो भनेका थिए । यो भनाइ अनुसार उनको गन्तव्य रियल भएको सबैले संका गरेका थिए । तर, हाल २७ बर्षीय हाजार्डले अब स्टेमफोर्डमै बस्न खुशी रहेको बताएका थिए । 

उनले भने, ‘म ठिक छु । म हेर्दै छु एक वा दुई बर्ष के हुने छ । यो बर्ष छोडौ ।’ उनले थपे, ‘म कतै जादैन । सबैलाई थाहाछ की विश्वकप पछि मैले के भने ।तर, म यहाँ खुशी छु ।’

प्रिमियर लिग र फुटबल लिगले इंग्लिस टप–फाइट शुरुहुनु भन्दा पहिला ट्रान्सफर विन्डोज बन्द गर्ने घोषणा गर्‍यो । जसले अगष्ट १० तारिखमा बन्द गरेको थियो । इंल्यान्डमा ट्रान्सफर विन्डोज बन्द भैसकेको छ । हाजार्डले भने, ‘अब क्लब खेलाडीलाई अनुबन्ध गर्न सक्ने छैनन् ।’

२०१२ मा उनी चेल्सीमा अनुबन्ध भएपछि प्रमुख पाँच ट्रफि जितेका छन् । २०१५ मा पाँच बर्षका लागि गरिएको अनुबन्धमा उनको अझै दुई बर्ष बाँकी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।