आइतबार, असार ७, २०८३

उपसभामुख निर्वाचन : प्रतिनिधिसभामा यस्तो छ अंकगणित

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ।

National life

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्। 

यस्तै एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।

सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन्। चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन्। १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

अनिर्णित लोसपा

Shivam cement

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन। लोसपाको आज बैठक बस्ने भएको छ। सोही बैठकले कसलाई उपसभामुखमा मतदान गर्ने भन्ने बारेमा टुंगो लगाउने बताइएको छ।

यस्तो छ निर्वाचन तालिका

उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन्।

आजको संसद बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन्।

यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। सांसद कृष्णभक्त पोखेलले उक्त प्रस्तावको समर्थन गर्नेछन्।

त्यसपछि ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी बताए।

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुने भएसँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ। 

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन। तर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेका बेला प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७३ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यस यता उपसभामुख पद रिक्त रहेको छ।

संसद सचिवालयले उपसभामुखको निर्वाचन शुक्रबार हुने गरी बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Jul 15, 2022| 07:53 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...