बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा फैलियो हैजा, एकै अस्पतालमा १८० जनामा हैजाका बिरामी

अफगानिस्तानमा फैलियो हैजा, एकै अस्पतालमा १८० जनामा हैजाका बिरामी

चिकित्सक सोर्गुल नौजदीले भने, 'यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।'
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काबुल- हैजाबाट संक्रमित कम्तीमा १८० जनालाई अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित मिर वाइस अस्पतालमा भर्ना गरिएको बिहीबार अस्पतालका एक चिकित्सकले बताएका छन्।

चिकित्सक सोर्गुल नौजदीले भने, 'यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।' 

यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना केटाकेटीको मृत्यु भइसकेको नवजादीले बताउनुभयो। हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब १५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन्।

'मौसम धेरै गर्मी छ। हामीसँग स्वच्छ खानेपानी छैन र मलाई लाग्छ स्वच्छ पानीको अभाव हाम्रो क्षेत्रमा रोगको प्रकोपको कारण हुनसक्छ,' शाह वलिकोट जिल्लाका दोस्त मोहम्मदले भने। 

शाह वलिकोट निवासी सामाजिक अगुवा करी अब्दुल्लाहले स्थानीय प्रशासन र मानवीय सहयोगका लागि काम गर्दै आएका संघसंस्थाहरूलाई त्यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्न आह्वान गरेका छन्। 

kumari

स्वास्थ्य आधारभूत संरचनाको अभाव, स्वास्थ्य केन्द्रहरूको अभाव तथा गुणस्तरहीन स्वास्थ्य सेवाका साथै अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा खाने पानीको अभावले गाउँलेहरूलाई यस रोगको सिकार हुनु परेको छ। 

प्रकाशित: Jul 15, 2022| 04:30 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।