सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जसपाबाट निकालिए बाबुरामसहित ९ नेता, अशोक राई बने संघीय परिषद् अध्यक्ष

जसपाबाट निकालिए बाबुरामसहित ९ नेता, अशोक राई बने संघीय परिषद् अध्यक्ष

जसपाको बिहीबार वीरगञ्‍जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष बाबुरामलाई हटाएर अशोक राईलाई चयन गरेको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ।  जसपाको बिहीबार वीरगञ्‍जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष बाबुरामलाई हटाएर अशोक राईलाई चयन गरेको हो।

कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोब रहेका छन्।

बाबुराम भट्टराई पक्षले मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो। कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षले भट्टराईसहितका नेतालाई कारबाहीको प्रक्रिया थालेकोले उक्त निर्णय गरिएको बताएको थियो। 

मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाउने वा निकटतम शक्तिहरूसँग एकीकरण गर्ने भन्नेबारे निर्णयको जिम्मा विस्तारित बैठकलाई दिएका थिए। डा. भट्टराईको प्रतिवेदनमा ११ वटै समूहमा छलफल भएको थियो।

नयाँ पार्टीको मूल एजेन्डा समावेशिता, समृद्धि, सुशासन, संघीयता र समाजवाद हुने डा. भट्टराईले बताएका थिए। कार्यकारिणी समितिका भट्टराईसहित महिन्दा राय यादव, हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह, दुर्गा सोव, भक्तबहादुर शाह, अमृता अग्रहरि र रामनरेश यादव बैठकमा सहभागी थिए। 

यादव पक्ष जातीय र क्षेत्रीय घेराबाट माथि उठ्न नसकेको निष्कर्ष बाबुराम पक्षको भेलाले निकालेको थियो। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच २०७७ वैशाख १० गते राति एकता भई जनता समाजवादी गठन भएको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि भएको राजनीतिक अस्थिरताको घानमा परेर महन्थ ठाकुर र राजेन्द्र महतो समूह विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको थियो। 


प्रकाशित: Jul 14, 2022| 20:39 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...