सोमबार, साउन २५, २०८३

कमल थापाले सर्वोच्चमा 'गाई' माग्दै आफैं बहस गर्ने

राप्रपा नेपालले चुनाव चिह्‌न 'गाई' माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा अध्यक्ष कमल थापाले आफैं बहस गर्ने भएका छन्। बिहीबार दर्ता भएको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- राप्रपा नेपालले चुनाव चिह्‌न 'गाई' माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा अध्यक्ष कमल थापाले आफैं बहस गर्ने भएका छन्। बिहीबार दर्ता भएको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ। 

शुक्रबारको पेशीमा बहस गर्न अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन्। संविधान र कानुनले गाई चिह्न निषेध नगरेको पनि उनले दाबी गरेका छन्। 

थापाले ट्विट गर्दै भनेका छन्, 'संविधान र कानुनले 'गाई' चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले 'गाई' लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई 'गाई' नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यससम्बन्धी मुद्दाको भोलि पेशी छ। म आफैँ बहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।'

राप्रपाले वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा भने ‘तीर’ चिह्‌न लिएर प्रतिस्पर्धा गरेको थियो। राप्रपा नेपालले भने चुनाव चिह्न गाई माग्दै आएको थियो। तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’ चिन्ह मागिएको राप्रपा नेपालले बताएको थियो। 


 


                                    


प्रकाशित: Jul 14, 2022| 19:07 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...