आइतबार, असार ७, २०८३

निधिले देउवालाई भने - पार्टीभित्रै गठबन्धन गर्नुहोस्

नेपाली कंग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकपछि सञ्‍चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताउका हुन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपाली कंग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकपछि सञ्‍चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताउका हुन्। 

National life

नेता निधीले सरकार निर्माण र सरकार सञ्‍चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए।

उनले भने, 'आगामी संसद्‌ र प्रदेशको चुनाव पनि तपाईंले गराउनु मेरो समर्थन छ भनेँ। गठबन्धन र चुनावी तालमेल फरक-फरक कुरा हुन्। सरकार निर्माण र सरकार सञ्‍चालनको लागि गठबन्धन आवश्यक छ। चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्यो। त्यो सुखद् छ। अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्यो भन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरेँ। अब पहिलो पार्टी मात्रै होइन, बहुमतप्राप्त पार्टी बन्‍नुपर्छ भनेर आग्रह गरेँ। 

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको उनले बताए। अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा देखिएको संकटलाई कांग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको उनले जानकारी गराए। 

'स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली कांग्रेसका साथीहरुले नै जितेका छन्,' उनले भने, 'उनीहरुलाई पनि समेटेर लैजानुपर्छ र आगामी निर्वाचनमा बहुमतसहितको सरकार बनाउनुपर्छ।'

Shivam cement

नेता निधीले नेपाली कांग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भूमिका खेल्नुपर्ने बताए।


प्रकाशित: Jul 14, 2022| 18:54 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...