सोमबार, साउन २५, २०८३

विजय गच्छदारलाई रोक्दै देउवाले भने– तपाईंका कुरा कति सुन्नु?

गच्छदारले आफूले कांग्रेसका लागि गरेको योगदान र आफ्नो राजनीतिक पृष्ठभूमिका बारेका कुरा राखिरहेका थिए। पाँच मिनेटको समय पाएका गच्छदारले राजनीतिक विगत कोट्याइरहँदा देउवा अधैर्य देखिए र भनिहाले– तपाईंको कुरा कति सुन्नु? खाली एउटै कुरा गर्नुहुन्छ। भयो अब सक्नुस्।’
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्वउपसभापति विजयकुमार गच्छदारलाई पार्टीको बैठकमा बोल्न रोकेका छन्। जारी केन्द्रीय समिति बैठकमा समय लिएर बोलेका गच्छदारलाई देउवाले तपाईंका कुरा कति सुन्नु भन्दै रोकेका हुन्। 

गच्छदारले आफूले कांग्रेसका लागि गरेको योगदान र आफ्नो राजनीतिक पृष्ठभूमिका बारेका कुरा राखिरहेका थिए। पाँच मिनेटको समय पाएका गच्छदारले राजनीतिक विगत कोट्याइरहँदा देउवा अधैर्य देखिए र भनिहाले– तपाईंको कुरा कति सुन्नु? खाली एउटै कुरा गर्नुहुन्छ। भयो अब सक्नुस्।’

देउवाले रोक्न भनेपछि गच्छदारले बलबहादुर केसीले पनि १० मिनेट बोलेकाले आफूलाई पनि १० मिनेट दिन र कुरा सुन्न आग्रह गरे। लगत्तै केसीले तपाईंले चाहिँ मलाई नै देख्नुभो? भनेर प्रतिप्रश्न गरेका थिए।

केसीको प्रतिप्रश्नपछि गच्छदारको जवाफ थियो– के गर्ने शेरबहादुरजी डराउने तपाईंसँगै हो? दुवै बहादुर–बहादुर हो।

ठट्टापछि गच्छदारले भने– तपाईं यो बैठकको सभामुख पनि हो। सभामुखले कसरी बैठक चलाउँछन् भन्ने सिक्नुपर्यो। तपाईं त झन् ५ पटक प्रधानमन्त्री भइसकेको मान्छे।

पाँच मिनेट समय पाएका गच्छदारले देउवाले रोक्दारोक्दै पनि १० मिनेट बोले र आफ्ना कुरा सुनाइछाडे। 

प्रकाशित: Jul 14, 2022| 17:50 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...