आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले भने– अहिले हतियार किनिँदैन

पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले भने– अहिले हतियार किनिँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका छन्।

National life

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन किन्न लागेको भन्दै प्रश्न गरेपछि देउवाले यस्तो प्रष्टीकरण दिएका हुन्। 

प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताए। ‘प्रहरीका लागि अहिले हतियार किन्ने कुरा छैन,’ उनले भने।

कांग्रेस बैठकमा अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायतले हतियार किन्न लागिएको विषयमा प्रश्न उठाएका थिए।

गोपालमानले ‘हतियार किन्ने कुरा रोक्नुस् है’ भन्दा देउवाले भने, ‘छैन, छैन, छैन। हतियार किन्ने कुरो छैन। किनिँदैन।’  आजको कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। अर्को बैठक शनिबार बस्नेछ।  

Shivam cement

प्रकाशित: Jul 14, 2022| 17:40 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...