आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेरबहादुर र रामचन्द्रजीले अन्तै भोट हाल्न सिकाउनुभयो, उहाँहरूलाई कारबाही हुनुपर्छ : बलबहादुर केसी

शेरबहादुर र रामचन्द्रजीले अन्तै भोट हाल्न सिकाउनुभयो, उहाँहरूलाई कारबाही हुनुपर्छ : बलबहादुर केसी

देउवा र पौडेलले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेकका चिन्हमा मत दिन सिकाएको भन्दै उनले यस्तो माग अघि सारेका हुन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले स्वतन्त्र उठेर चुनाव जित्नेलाई भन्दा पहिला पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

National life

चुनावमा असहयोग गर्नेहरूलाई कारबाहीको कुरा उठेपछि उनले त्यसको बचाउ गरेका थिए। कतिपय ठाउँमा कांग्रेसले उम्मेदवार नै नउठाएपछि कांग्रेसका नेताहरू नै स्वतन्त्र उठेर विजयी भएकाले उनीहरूमाथि कारबाही गर्न नहुने उनको भनाइ छ। 'गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ,' उनले भने। 

देउवा र पौडेलले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेकका चिन्हमा मत दिन सिकाएको भन्दै उनले यस्तो माग अघि सारेका हुन्। अबका चुनावमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने केसीको भनाइ छ। 

'गठबन्धन गर्ने/नगर्ने भनेर विभाजित नहोऔँ। कांग्रेस एक हुनुपर्छ। पार्टी मिलाएर जानुपर्छ,' उनले भनेका थिए, 'सभापतिजीले पार्टी मिलाएर लैजानुस्।'

प्रकाशित: Jul 14, 2022| 17:03 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...