आइतबार, असार ७, २०८३

रेणु यादवले त्यागिन् जसपा

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको तयारी भइरहेका बेला यादवको यस्तो घोषणा आएको हो। यादव कार्यकारिणी समिति सदस्य तथा सांसदसमेत छिन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं-  जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टी त्याग गरेकी छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफू पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

National life

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको तयारी भइरहेका बेला यादवको यस्तो घोषणा आएको हो। यादव कार्यकारिणी समिति सदस्य तथा सांसदसमेत छिन्।

'वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,' उनको विज्ञप्तिमा उल्लेख छ, 'आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलार्इ जानकारी गराउँदछु।'

आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्। उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरम बनेदेखि नै उनी यादवसँगै राजनीतिमा थिइन्। 

यादवको विज्ञप्ति

Shivam cement

मितिः २०७९ असार ३०

आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी (जसपा) नेपाल
विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा।

म रेणुकुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थतीमा विभिन्न बाधा–अवरोध, उतार–चढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारीता र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ।

विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पडयन्त्रका सिकार भईरहँदा पनि आँफू विच्चलीत नभई सदैव मधेस र मधेसी जनता लगायत समपूर्ण उपेक्षित वर्ग र समूदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ।

यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रहि काम गर्ने सुनौलो अवसर पाए। पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रहि इमान्दारिता, निष्ठापूर्वक पूर्ण जिम्मेवार भइ आफ्नो पदीय जिम्मेवारीलाई पुरा गर्न भरपूर प्रयास गरेको छु। मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समिक्षा पार्टीले पछि आवश्य नै गर्ने छ।

यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाए।

यद्यपी, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलार्इ जानकारी गराउँदछु।

पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र अभारी रहनेछु। साथैँ मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु।

धन्यवाद।

रेणु कुमारी यादव
केन्द्रीय कार्यकारणी सदस्य एवं केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी नेपाल

प्रकाशित: Jul 14, 2022| 16:41 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...