बिहीबार, असार ३२, २०८३

मिस्टर माउन्टेनको उपाधि उमेशलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको. उपाधि जितेका छन्। झापाका उमेश ७५ केजी माथीको तौल समूहमा च्याम्पियन हुदै मिस्टर माउन्टेनको फाईनल चरणमा प्रवेश पाएका थिए। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार राती भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन्।

नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताको फाईनलमा उमेशले ५५ केजी तौल समूहका विजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका बिजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र  ७५ केजीका बिजेता मरिचमान लामालाई पछि पार्दै मिस्टर माउनटेनको ताज पहिरिएका हुन। 

उमेशले उपाधि सगै तीनलाख प्राप्त गरे। प्रतियोगितामा देशभरका एकसय ५० खेलाडीले भाग लिएका थिए। विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।