काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभापति विमलेन्द्र निधिले स्थानीय तहमा स्वतन्त्र जितेका मनोज साह सुडी र प्रल्हाद क्षेत्रीलाई पार्टीमा फिर्ता ल्याउनुपर्ने बताएका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा निधिले साह र क्षेत्री पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेर जितेको भन्दै पार्टीमा फिर्ता ल्याउन पहल गर्नुपर्ने बताएका हुन्। निधिले भने, ‘जसरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अतहर कमल मुसलमानले स्वतन्त्र उठेर जित्नुभयो र पछि हामीले उहाँलाई पार्टीमा फिर्ता ल्यायौं। त्यसरी नै उहाँहरू (साह र क्षेत्री) लाई पनि फिर्ता ल्याऔं।’ साहले जनकपुर उपमहानगरपालिका र क्षेत्रीले बर्दिवास नगरपालिकाबाट स्वतन्त्र जितेका हुन्।
सरकारले एक वर्ष पूरा गरेकोमा उनले पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवालाई बधाई दिँदै बाँकी समयका लागि शुभकामना पनि दिए।
फरक प्रसंगमा निधिले बाहिरको गठबन्धनमा मात्र ध्यान नदिई पार्टीभित्र पनि सबैलाई मिलाएर लैजानुपर्ने सुझाव दिए। ‘पार्टीभित्र पनि शक्ति केन्द्र, उपकेन्द्रहरु छन्। यिनीहरूलाई पनि मिलाएर लैजानुपर्छ,’ उनले भने।
मनोज शाह सुडी र प्रल्हाद क्षेत्रीलाई पार्टीमा फिर्ता ल्याउँ। पार्टीले टिकट नदिएर उहाँहरू स्वतन्त्र उठेर जितेको साथीहरू हुन्। जसरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अतहर कमल मुसलमानले स्वतन्त्र उठेर जित्नु भयो। पछि हामीले उहाँलाई फिर्ता ल्यायौं। त्यसरी नै उहाँहरूलाई फिर्ता ल्याऔं। सरकारका १ बर्षे कार्यकालका लागि सभापतिजीलाई बधाई । फेरि पनि सफलता पूर्वक सफलता प्राप्त होस्, शुभकामना १ ( विमलेन्द्र निधि