सिन्धुपाल्चोक- बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं-६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो।
बालकको शव बिहीबार हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिएका छन्।
उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजानसमेत आग्रह गरेका छन्। उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए।