सोमबार, साउन २५, २०८३

एमालेले भन्यो- एम अधिकारी गभर्नर होइनन्

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारी राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारी राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ। 

गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै पार्टीका केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।

उनले एमालेको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको भन्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका छन्।

गभर्नर अधिकारीले यसअघि एमाले केन्द्रीय कार्यालयलाई पत्र लेख्दै विभिन्न मिडियामा आफ्नो नाम जोडेर एम अधिकारी भन्ने व्यक्ति आफू नै रहेको भान हुनेगरी समाजमा भ्रम सिर्जना भएको जनाएका थिए। आफू कुनै पनि दलको सदस्य नरहेको र कुनै दल विशेषको समितिमा रहने, बस्ने भन्ने कुरा कल्पना बाहिरको विषय रहेको भन्दै गभर्नर अधिकारीले यसबारेमा प्रष्ट पारेर आफूलाई समेत जानकारी दिन एमालेलाई पत्र लेखेका थिए।

प्रकाशित: Jul 14, 2022| 14:17 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...