सोमबार, जेठ ४, २०८३

देशका विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।

National life

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन्। 

हाल काठमाडौं महानगरपालिका-२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो। 

डोटी, पुर्वीचौकी गाउँपालिका-३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका-६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन्। शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो। 

गोरखा, गोरखा नगरपालिका-८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१ शिवचोकस्थित सडक किनारामा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित: Jul 14, 2022| 13:20 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।