काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको बताएको छ।
कोरोना महामारीका कारण २०७७ मा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा थन्काइएको थियो। ५२ हजार ७८० केजी एसईईका प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपैयाँले बिक्री गरिएको कार्यालयले जनाएको हो।
कार्यालयले झुरा कागजमा राजस्व उठ्ने गरी बेच्न बोलपत्र मागेको थियो।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनुभन्दा रि–साइक्लिङ गर्नु राम्रो भएको र राजस्व पनि आउने हुँदा बिक्री गरिएको बताए।
कार्यलयको अनुसार करिब २ करोड खर्चिएर उक्त प्रश्नपत्र छापिएको थियो। यसअघि २०७६ को प्रश्नपत्र प्रहरी रोहबरमा जलाइएको थियो।