सोमबार, साउन १८, २०८३

भाजपाको निम्तो कार्ड बोकेर दिल्ली जाँदै दाहाल

सत्तारुढ भाजपाको निम्तोमा दाहाल शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले बताएको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल आउँदो शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दाहाल शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले बताएको हो।

सचिवालयका अनुसार दाहाल भाजपाले आयोजना गर्ने शिखर सम्मेलनमा सहभागी हुनेछन्। यद्यपि भारत भ्रमणका अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन।

तर दाहालले दिल्ली दौडाहाका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग पनि दाहालले भेट गर्नेछन्।

यतिबेला प्रधानमन्त्री पत्नी आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन्।

प्रकाशित: Jul 14, 2022| 11:08 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।