सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भानुजयन्तीमा एलआरआईद्वारा साहित्य विशेष कार्यक्रम सम्पन्न

भानुजयन्तीमा एलआरआईद्वारा साहित्य विशेष कार्यक्रम सम्पन्न

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एलआरआई विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एलआरआई विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न भएको छ। 

National life

वादविवाद, वक्तृत्व कला, सामूहिक रामायण वाचन, अन्य कविका रचना वाचन तथा अन्तरविद्यालय कविता प्रतियोगिता सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिएको हो।

विद्यालयका प्राचार्य डा. देवकान्त जोशी र  प्रमुख अतिथि साहित्यकार नरनाथ लुइँटेलले भानुभक्तको योगदान तथा साहित्यको सन्दर्भमा चर्चा गरेका थिए।

यस्ता कार्यक्रमले विद्यार्थीका प्रतिभा अझ जागृत हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने कुरा विद्यालयका संस्थापक शिवराज पन्तले बताए।

अन्तरविद्यालय कविता प्रतियोगितामा वाचन गरिएका कवितामा तरुण मावि बालाजुका विजय लामिछाने, सिद्धार्थ वनस्थली स्कुलकी छात्रा सुरिश्मा अधिकारी, गंगा सेकेण्डरी स्कुलकी छात्रा संगीता मालाकारले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए। पुरस्कृत विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विश्वनिकेतन माविका रुविज मल्ल र ज्ञानोदय माविकी छात्रा विज्ञता गोतामेले सान्त्वना स्थान प्राप्त गरेका थिए। 

विद्यालयको आन्तरिक प्रतिस्पर्धामा विभिन्न विधाका सहभागीहरू समेत मध्ये वक्तृत्व कलामा प्रसिद्ध महत, आरुषि  चौधरी, तेजस्वी गौडेल, दुना आचार्य वादविवादमा कृषभ पन्त, प्रसून पाण्डे, एकल कविता वाचनमा लेनिशा भट्ट, सानिध्यराज ढुंगेल, कुश कर्ण अन्य कविका रचना वाचनमा मृत्युञ्जया लामिछाने अनि समूहवाचन रामायणमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेका छन्। अन्य विद्यार्थीहरू दोस्रो, तेस्रो तथा सान्त्वना स्थानमा रहेका छन्। 

सहभागी सबैलाई नगद पुरस्कार तथा प्रमाण पत्र पनि प्रदान गरिएको छ। एलआरआई विद्यालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती हरेक वर्ष भव्यताका साथ मनाउँदै आएको छ।

प्रकाशित: Jul 14, 2022| 10:50 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।