सप्तरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।