बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • माल्दिभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष अब सिंगापुर जाने

Siddartha premir insuranceSiddartha premir insurance

माल्दिभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष अब सिंगापुर जाने

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्ने भएको छ। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले जानु भएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती सिङ्गापुर प्रस्थान गर्ने भएका हुन्।
 |  बुधबार, असार २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

कोलम्बो- श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्ने भएको छ। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले जानु भएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती सिङ्गापुर प्रस्थान गर्ने भएका हुन्। 

himalayan bank box

आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहनु भएका राजापाक्षलाई भाग्नका लागि श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उहाँ बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन्।  

यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ। तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतीमा माल्दीभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ। सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ।

राजापाक्षसँगै उनकी श्रीमती र दुई अङ्ग रक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन्। उनीहरु चारै जनालाई श्रीलङ्काको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो।

राजापाक्षले देश छाडेको खवरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलङ्कामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ।  प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन्। 

Metro Mart
vianet

सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्‌र्यु पनि लगाइएको छ। प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ।

विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिनुभएको श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ। तर, श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दावी गर्नु भएको छ। प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाई छ। 

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ। प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेबारी पाए झै काम गर्नु संविधानको दुरुपयोग भएको उनले दावी गरे। - एएनआई

प्रकाशित: Jul 13, 2022| 22:00 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।