बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन्।
 |  बिहीबार, असार ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

रिगा- लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन्।   

himalayan bank box

उनले आफू संक्रमित भएको कुरा सामाजिक सञ्जालहरुबाट पनि जानकारी दिनु भएको छ भने आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको  स्पष्ट पारेका छन्। उनका चिकित्सकहरूले एकान्तवासबाट काम गर्न सक्ने सुझाव दिएपछि उहाँले एकान्तवासबाट काम गरिरहनु भएको छ। उहाँले आगामी एक हप्ता घरबाटै काम गर्ने जनाइएको छ।

उनले आम नागरिकलाई पनि स्वास्थ्य सतर्कता अपनाउन र मापदण्ड पालना गर्न आग्रह गरेका छन्। लाट्भियामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको अधिकारीहरूले जनाएका छन्।

रोग न्यूनिकरण तथा नियन्त्रण केन्द्रले बुधबार दिएको जानकारी अनुसार लाट्भियामा पछिल्लो एक दिनमा ९०८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। सो विवरणमा कोरोना भाइरसबाट भने कसैको पनि मृत्यु भएको विवरण प्राप्त नभएको उल्लेख छ।

प्रकाशित: Jul 14, 2022| 04:00 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।