बुधबार, फागुन २०, २०८२

कोरोना बढेपछि भारतमा सुरु गरियो बुस्टर डोज अभियान

सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसको संक्रमण बढेसँग बुस्टर डोज खोप अभियान सुरु गरिएको छ। कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको हो। सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ। जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्।  

देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध हुने पनि सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ।

'भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइदैछ। त्यसैको अवसरमा जुलाई १५ देखि ७५ दिनसम्म १८ भन्दा बढी उमेरका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिने निर्णय गरेका छौँ,' सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने।  

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई यसअघि मार्च १६ देखि कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको थियो। - एएनआई

प्रकाशित: Jul 13, 2022| 23:45 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।