बिहीबार, साउन ७, २०८३

एशियाडबाट बाहिरियो नेपाली फुटबल टिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली युवा टोली इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ। समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २-१ गोलले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो।

प्याट्रिओट चन्द्रभागा स्टेडियममा १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो। युनुस सहबाजको आत्मघाती गोलमा नेपालले अग्रता लिएको थियो। तर, ५४ औं मिनेटमा पाकिस्तानका लागि विलाल मोहम्मदले बराबरी गोल फर्काएका थिए। 

७२ औं मिनेटमा हुसेन सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानले जित हासिल गरेको थियो। समूह चरणको सुरुवाती दुई खेलमा नेपाल जापानसँग १-० र भियतनामसँग २-० ले पराजित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।