सोमबार, साउन १८, २०८३

त्रिविमा दुई विद्यार्थी नेता आमरण अनशनमा

अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन्। त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले बताए।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन्। त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले बताए। 

उनीहरु दुवै जना हिजो असार २८ गते दिउँसो २ बजेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेका हुन्। प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिविका सबै सङ्कायको पाठ्यक्रम समयानुसार परिमार्जन गर्नुपर्ने, त्रिविमा देखिएका दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने, यस्तै त्रिविका पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुनुपर्नेलगायतका माग राखी अनशनमा उनीहरू बसेका छन्।

यसैबीच आमरण अनशनमा बस्नुभएका अध्यक्ष पराजुली बिरामी हुनुभएको छ । उपाध्यक्ष माधव पन्तका अनुसार उनमा उच्च रक्तचापलगायतका समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचारत छन्।

प्रकाशित: Jul 13, 2022| 20:46 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।