बिहीबार, साउन ७, २०८३

पीएसजीको जितमा नेयमार र बाप्पेको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्रान्‍स- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रालान्सेली लिग वानमा सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले गुईनग्यापमाथि ३-१ को जित निकालेको हो। 

पीएसजीका लागि बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका केलियन एम्बाप्पेले दुई र ब्राजिलियन स्टार खेलाडी नेयमारले एक गोल गरे। पहिलो हाफमा एक शुन्यले पछाडी परेको स्थितीलाई उल्ट्यादै पीएसजीले गुईनग्यापमाथि सहज जित निकालेको हो। 

गुईनग्यापले खेलको २० औ मिनेटमा नोलन रोक्सको गोलमार्फत अग्रता बनाएको थियो। तर, खेलको ५३ औ मिनेटमा पेनाल्टीमा नेयरमाले गोल गर्दै खेल बराबरीमा ल्याए। 

खेलको ८२ औ मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा नेयमारको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपुर्ण तीन अंक दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।