सोमबार, फागुन १८, २०८२

आईसीसीद्वारा नेपाल टी-ट्वान्टी लिगलाई मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई मान्यता दिएको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई मान्यता दिएको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।

नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ। त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन्। प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र सुदुरपश्फाचिमले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिइसकेको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ। क्यानले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई (आईसीसी) ले मान्यता दिएको छ।

प्रकाशित: Jul 12, 2022| 20:18 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।