शनिबार, भदौ १३, २०८३

नेपाल त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित

१७ खेल खेलेको नेपाल ७ मा जित र ९ मा हार बेहोर्दै १५ अंकका साथ छैटौं स्थानमा पुगेको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। 

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले २२१ रनको लक्ष्य पछ्याउने क्रममा ४६.५ ओभरमा १८० रनमै अलआउट भयो। नेपालले ४० रनको पराजय बेहोरेको छ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ५४ रन दिएर ४ विकेट लिए। त्यस्तै, सोमपाल कामीले २, करण केसी, बसर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। 

ब्याटिङतर्फ नेपालका लागि आरिफ शेखले सर्वाधिक अविजित ५० रन बनाए। ओडिआई क्रिकेटमा चौथो अर्धशतक बनाएका शेखको अर्धशतक पनि नेपालको जितका लागि पर्याप्त हुन सकेन।

त्यस्तै, ओपनरद्वय आसिफ शेखले १४ र कुशल भुर्तेलले २७ रन बनाए। देव खनालले ३४, सोमपाल कामी र आदिल अन्सारीले समान १०–१० रन बनाए।

डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भइरहेको सिरिजमा नेपालले नामिबियाविरुद्ध जुलाई १६ मा दोस्रो खेल खेल्नेछ। त्यस्तै, स्कटल्यान्डविरुद्ध जुलाई १३ मा पहिलो र १७ मा दोस्रो खेल खेल्ने तालिका रहेको छ।

पराजयसँगै नेपाल तालिकाको छैटौं स्थानमा झरेको छ। १७ खेल खेलेको नेपाल ७ मा जित र ९ मा हार बेहोर्दै १५ अंकका साथ छैटौं स्थानमा पुगेको हो।

नेपाललाई पराजित गरेको नामिबिया भने १६ खेलमा ८ जित र ८ हार बेहोर्दै १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। ओमन ३६ खेलमा ४४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ।

स्कटल्यान्ड २१ खेलमा ३० अंकसहित दोस्रो, युएई २२ खेलमा २६ अंकसहित तेस्रो, अमेरिका २४ खेलमा २२ अंकसहित चौथो स्थानमा र तालिकाको पुच्छरमा पपुवान्युगिनीले २० खेलमा २ अंक मात्र जोडेको छ।

नेपाली टिम

कप्तान सन्दीप लामिछाने, उप–कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी।


प्रकाशित: Jul 12, 2022| 12:51 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।