शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

क्यानले कप्तानी खोसेसँगै अन्योलमा ज्ञानेन्द्रको भविष्य

खेलाडी आचारसंहिता उल्लंघन गरेको दाबीसहित २०२१ डिसेम्बर १५ मा क्यानले कप्तानी पद खोसेसँगै नेपाली टिममा कप्तानी पद सम्हाल्ने हैसियतका मल्लको क्रिकेट भविष्यमाथि अंकुश लागेको छ।
 |  मंगलबार, असार २८, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, असार २८, २०७९

काठमाडौं– पछिल्लो समय नेपालका स्टाइलिस ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल टिममा देखिएका छैनन्। उनी अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमबाहिरै छन्।

himalayan bank box

टी–ट्वान्टी विश्वकप छनोट र युएईमा भएको त्रिदेशीय सिरिजमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनी विभिन्न सिरिज तथा प्रतियोगितामा निरन्तर टिममा नपरेका हुन्। उनले अब फेरि नेपाली राष्ट्रिय टिमबाट खेल्ने मौका पाउँछन्–पाउँदैनन् भन्ने कुनै टुंगो छैन। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले प्रतिभाशाली युवा खेलाडीको खोजी गर्दै टिममा मौका पनि दिइरहेका छन्। त्यसैले मल्लको टिममा फर्किने सम्भावना केही कमजोर देखिएको छ। तर मल्ल अहिले नै क्रिकेट छाड्ने मनसायमा छैनन्। सबैको मनमा उनले संन्यास लिन्छन् कि भन्ने प्रश्न पनि उब्जिरहेको छ। 

यसै प्रसंगमा उनले कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै भनेका छन्, ‘टिमलाई चाहिएको अवस्थामा मेरा हातखुट्टा चलुन्जेल र मैले भ्याएसम्म देशका लागि खेल्नेछु। यदि टिमले मलाई चाहन्छ भने जस्तोसुकै अवस्थामा पनि खेल्न तयार छु। मेरा लागि र देशका लागि खेल्छु। यदि टोलीमा मेरो आवश्यकता पर्यो भने नेखेल्ने कुरै छैन। मेरो उत्कर्षको समय सकिए पनि म टिमलाई अझै सहयोग गर्न सक्छु। संन्यासबारेमा अहिल्यै सोचेको छैन।’

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) मार्फत कप्तान पदबाट राजीनामा बुझाएपछि मल्ललाई नै भावी कप्तानको रूपमा हेरिएको थियो। त्यसबेला ज्ञानेन्द्र नेपाली राष्ट्रिय टिमका उप–कप्तान थिए।

सन् २००६ मा नामिबियाविरुद्ध आईसीसी इन्टर कन्टिनेन्टल कपमा राष्ट्रिय टिममा डेब्यु गरेका उनले सन् २००९ देखि टिमको उप–कप्तानी सम्हालेका थिए। त्यसपछि क्यानले ज्ञानेन्द्रलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गर्यो भने दीपेन्द्रसिंह ऐरीलाई उप–कप्तान बनायो। मल्लसँग यसअघि पनि कप्तानीका थुप्रै अनुभव थिए। 

Metro Mart
vianet
युएईमा भएको विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा समावेश भएर अपेक्षित नतिजा दिन नसकेपछि ओरालो लागेको क्रिकेट भविष्यसँगै मल्लको नेपाली टिममा पर्ने सम्भावना न्यून देखिएको छ। 

करिब एक दशक उप–कप्तानी सम्हालेका उनले कप्तान पारसको अनुपस्थितिमा नेपाली टिमको जिम्मेवारी पूरा गरिसकेका छन्। साथै, मल्ल टिमका सिनियर खेलाडीसमेत हुन्। फ्रेन्चाइज लिगमा मल्ल सधैं कप्तानकै भूमिकामा खेल्ने गर्छन्। उनले आफ्नो कप्तानीमा एभरेस्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियोट्सबाट जितेका थिए।

पछिल्लो समय आफ्नो लय गुमाएर उनले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। तर विगतलाई हेर्ने हो भने उनी टिमका सबैभन्दा स्टाइलिस ब्याट्सम्यान हुन्। साथै, टिमको सबैभन्दा महत्त्वपूर्ण खेलाडी पनि। अहिले टिममा खेलिरहेका अन्य खेलाडीभन्दा उनी प्राविधिक रूपमा धेरै सक्षम छन्। 

तर खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै सन् २०२१ डिसेम्बर १५ मा क्यानले मल्लको कप्तानी पद खोसेको थियो। त्यसपछि नेपाली टिमले नयाँ कप्तानका रूपमा युवा खेलाडी सन्दीप लामिछानेलाई पायो। नयाँ कप्तान लामिछानेको नेतृत्वमा ओमानमा भएको चारदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय भ्रमणका लागि मल्ललाई समेट्दै टिम घोषणा गर्यो। त्यसपछि ओमानमै फेब्रुअरी १८ देखि भएको टी–ट्वान्टी विश्वकप छनोटका लागि पनि मल्ललाई समेट्दै टिम घोषणा गर्यो। जहाँ उनले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

मल्लको प्रदर्शनबाट उनी टिममा पर्न संघर्ष गर्नुपर्ने देखिएको थियो। युएईमा भएको विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा मल्ल समावेश भए। तर त्यहाँ मल्लबाट अपेक्षित नतिजा आउन सकेन। त्यसैले उनी अब टिममा पर्ने सम्भावना न्यून देखिएको छ। मल्लको यूएई भ्रमण नै अन्तिम हुने देखिएको छ। 

आफूलाई कप्तानबाट हटाएर सन्दीपलाई नयाँ कप्तानमा नियुक्ति गरेपछि मल्ल र नेपाल क्रिकेट संघ क्यानबीच सम्बन्ध बिग्रिएको थियो। क्यानसँगको विवादका कारण पनि उनी टिममा नपरेको आशंका गरिँदै छ। त्यसपछि उनी निरन्तर क्याम्पमा पनि सहभागी हुन छाडे। यसले गर्दा पनि उनलाई टिममा नराखिएको हो। टिममा छनोट हुन निरन्तर क्याम्पमा सहभागी भई अभ्यास गर्नु अनिवार्य हुन्छ। तर मल्लको अनुपस्थितिमा पछिल्लो समय नेपाली टिमका खेलाडीले उनको अभाव महसुस हुन दिएका छैनन्।

खेलाडी आचारसंहिता उल्लंघन गरेको दाबीसहित २०२१ डिसेम्बर १५ मा क्यानले कप्तानी पद खोसेसँगै नेपाली टिममा कप्तानी पद सम्हाल्ने हैसियतका मल्लको क्रिकेट भविष्यमाथि अंकुश लागेको छ। 

कुनै समय नेपालका लागि सर्वधिक रन बनाउने खेलाडीको सूचीमा पारस खड्कासँगै मल्लको नाम जोडिने गथ्र्यो। तर अहिले रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले टिममा स्कोरको जिम्मेवारी राम्रोसँग सम्हालिरहेका छन्। यिनै विविध कारणले अब मल्ललाई टिममा कमब्याक गर्न सहज भने छैन।

ज्ञानेन्द्रसँगै नेपाली टिमका सिनियर खेलाडी शरद भेष्वाकर, वसन्त रेग्मी पनि टिमबाहिरै रहेका छन्। केही समय अघिसम्म टिमबाहिर रहेका विनोद भण्डारी भने टिममा फर्किइसकेका छन्। 

अहिले नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा छ। नेपालले जुलाई ११ मा नामिबियाविरुद्ध सिरिजको पहिलो खेल खेल्नेछ। डबल राउन्ड रोबिन लिगको आधारमा हुने सिरिजमा नेपालले नामिबियाविरुद्ध जुलाई १६ मा दोस्रो खेल खेल्नेछ। त्यस्तै, स्कटल्यान्डविरुद्ध जुलाई १३ मा पहिलो र १७ मा दोस्रो खेल खेल्ने तालिका छ। यी सबै खेल खेलिसकेर नेपाली टिम स्वदेश फर्किनेछ। त्यसपछि नेपालले अन्य खेल खेल्ने तालिका छ। उक्त खेलका लागि टोलीमा स्थान बनाउन मल्ललाई अवसर भने गुमेको छैन। 

वर्तमान नेपाली टिम

कप्तान सन्दीप लामिछाने, उप–कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी रहेका छन्।


प्रकाशित: Jul 12, 2022| 11:54 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।