आइतबार, पुस २७, २०८२

गौतमको अध्यक्षतामा बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन

नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित भएका छन्। संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित भएका छन्। संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध निर्वाचित भए।

National life

तीन उपाध्यक्षका लागि भएको निर्वाचनबाट धनबहादुर बोगटी ५९, सुवोध राज शेर्पाली ५५ र नारायण दास गमाल ५२ मत ल्याएर विजयी भए। उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको थियो। पाराजित भएका माधवप्रसाद प्रधानले १७ र ॐप्रसाद उपाध्यायले ९ मत पाए। 

महासचिवमा धरमबहादुर लामा निर्विरोध निर्वाचित हुँदा सचिवहरुमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र मेश केसी निर्विरोध निर्वाचित भए। कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सह कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन्। यसैगरी तीनजना खुला सदस्यको लागि भएको निर्वाचनबाट कृष्णप्रसाद सिग्देल ४३, प्रवीण बहादुर भडेल ३४ र रामकिशोर सिंह पराग ३२ मत ल्याएर विजयी भए। खुला सदस्यमा सात जनाको उम्मेदवारी परेको थियो।

यसैगरी प्रदेश अन्तर्गत सदस्यहरुमा दिपेन राई प्रदेश १,सुरेन्द्र कुमार शाह मधेस, निरन्जन प्रजापति बागमती, महेश्वर अधिकारी गण्डकी, चन्द्रमणी गैरे लुम्बिनी, शक्तिराम बुढाकर्णाली र गोपालप्रसाद श्रेष्ठसुदुरपश्चिम निर्विरोध भए। महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन्। संघको निर्वाचनका लागि एक सय १३ प्रतिनिधिमध्ये ७८ जनाले मतदानमा भाग लिएका थिए।

प्रकाशित: Jul 11, 2022| 21:41 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।