बिहीबार, चैत १२, २०८२

आर्सनल चेल्सीसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लण्डन-इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । गए राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

खेलको ९ औ मिनेटमा पेड्रोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । अल्भारो मोराटाले २० औ मिनेटमा चेल्सीको अग्रतालाई दोब्बर पारे । 

तर, चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनल खेलमा फर्किएको थियो । हेनरिक मिखीटेरीयनले ३७ औ मिनेटमा गोल गर्दै आर्सनललाई २-१ को स्थितीमा पुर्‍याएका थिए । उनैको पासमा ४१ औ मिनेटमा एलेक्स ओबीले गोल गर्दै खेल बराबरीमा ल्याए । 

६१ औ मिनेटमा बेल्जियमका स्टार इडेन हजार्ड मैदान छिरेपछि चेल्सीले खेलमा पकड बनायो । उनै हजार्डको पासमा ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।