सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नामिबियाविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल, बसिर अहमदको डेब्यू

नामिबियाविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल, बसिर अहमदको डेब्यू

स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

नेपालले आजको खेलमा बसिर अहमदलाई डेब्यू गराएको छ। विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन्।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ। तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ। ओडिआईमा नामिबिया र नेपाल पहिलो पटक भिड्न लागेका हुन्।

नेपालको अभ्यास खेलमा प्रदर्शन भने राम्रो हुन सकेको थिएन। नेपाल क्यानाडासँग दोस्रो अभ्यास खेलमा १ सय ८९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १ सय ५ रनमै अल आउट भएको थियो। 

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेल गर्नेछन्। त्यसपछि देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आदिल अन्सारी, आरिफ शेख, सोमपाल कामी र करण केसी हुनेछन्। स्पिनरमा सन्दीप र बसिर हुनेछन्।

kumari

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र बसिर अहमद  छन्।

प्रकाशित: Jul 11, 2022| 15:20 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।