शुक्रबार, साउन १, २०८३

बार्साको जितसँगै मेस्सीको नाममा ६ हजार औं गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३-० ले हराउदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई र फिलिपे कौटिन्होले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनाले सहज जित निकालेको थियो ।

खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै कप्तान मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।

अलाभेसविरुद्धको ३-० को जितसंगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ । बार्सिलोनाको ६ हजारौं गोल कप्तान मेस्सीको नाममा रहन गएको छ । मेस्सीले फ्रिकिकबाट पहिलो गोल गर्दै बार्सिलोनाको ६ हजारौं गोल पुरा गरेका हुन्  ।

आठ बर्षअघि पनि मेस्सीले नै बार्सिलोनाको ५ हजारौं गोल गरेका थिए । स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा रियल सोसिडाडले भिल्ला रियललाई २-१ गोल अन्तरले हराएको छ । रियल सोसिडाडको जितमा विलियन जोसे र जुवान्मी ले एक एक गोल गरे । भिल्लाका जेरार्ड मोरिनोले एक गोल फर्काए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।