बिहीबार, असार ३२, २०८३

एसियाडमा आज नेपालले पाकिस्तानसँग खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज (आइतबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका अघिल्ला दुई खेलमा पराजित नेपाली यू–२३ टोलीले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्न लागेको हो ।  नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह साढे तीन बजे शुरु हुनेछ ।

अघिल्ला दुई खेलमा पराजित एको नेपालले पाकिस्तानलाई हराएर दोस्रो चरण पुग्ने सम्भावना कायम राख्न चाहन्छ । पाकिस्तानलाई हराएर नेपाल तेस्रो हुने टिममध्ये उत्कृष्ट चारमा रहदै दोस्रो चरण पुग्नेछ । समूह चरणको ६ समूहबाट उत्कृष्ट चार टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । तर, नेपाललाई पाकिस्तानविरुद्ध जित निकाल्न सहज भने हुनेछैन ।  नेपालविरुद्ध मैदान उत्रदा पाकिस्तान पनि जितको खोजीमा हुनेछ ।

नेपाल र पाकिस्तान फुटबलमा नौलो प्रतिद्वन्द्वी भने होईन् । सिनियर टोलीमा नेपालले पाकिस्तानविरुद्ध अहिलेसम्म ५ खेलमा जित निकालेको छ । यस्तै पाँच खेलमा बराबरी खेल्दा पाँच खेल नै हारेको छ ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा जापानसंग १-० र भियतनामसंग २-० ले पराजित भएको थियो । यो समूहमा नेपाल र पाकिस्तान जितबिहीन रहेको छ । जापान र भियतनाम भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।