सोमबार, जेठ ४, २०८३

मोरङको कानेपोखरीमा पत्नी र भाउजूमाथि खुकुरी प्रहार

पत्नी ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

विराटनगर- मोरङको कानेपोखरीमा एक पुरुषले खुकुरी प्रहार गरेर पत्नी र भाउजूलाई घाइते बनाएका छन्। 

National life

कानेपोखरी-६ का ३८ वर्षीय आकाश लिम्बूले घरायसी विवादका क्रममा राति ९:३० बजेतिर खुकुरी प्रहार गर्दा पत्नी ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए। 

उनका अनुसार खुकुरी प्रहारबाट हात, खुट्टा शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ।

घटनापछि आकाशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले बताए।


प्रकाशित: Jul 11, 2022| 09:40 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।