सोमबार, जेठ ४, २०८३

मोटरसाइकलको ठक्करबाट एक जनाबाट मृत्यु

विराटनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा आइतबार राति एक जना पुरुषको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

विराटनगर- विराटनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा आइतबार राति एक जना पुरुषको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

National life

मोटरसाइकलको ठक्करबाट विराटनगर महानगरपालिका-१५ का ४५ वर्षीय भोला श्रेष्ठको मृत्यु भएको हो। 

उनले चलाएको साइकललाई तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिएको मोरङ ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्की बताए।

प्रदेश १-०२-०४९ प ६२५८  नम्बरको मोटरसाइकलले विराटनगर-१२ कोसी प्रोजेक्टस्थित भित्री सडकखण्डमा ठक्कर दिँदा भोला र साइकलको पछाडि सवार उनका भतिज १२ वर्षीय सुशान्त श्रेष्ठ गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये भोलाको उपचारका क्रममा राति १२ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको कार्कीले बताए।   मृतक भोला सुशान्तका ठूलोबुवा हुन्। घाइते भएका सुशान्तको न्युरो अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनालगत्तै मोटरसाइकल चालक सुनसरी तरहराका अन्दाजी २५ वर्षीय अर्जुन दाहाल फरार बनेको प्रहरीले जनाएको छ। प्रहरीले चालकको खोजी भइरहेको जानकारी दिएको छ। 

मोटरसाइकलको पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–७ का २९ वर्षीय वसन्त सरदार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 11, 2022| 09:20 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।