सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँ चुँदीरम्घास्थित भानु जन्मस्थलमा पूर्वाधार निर्माण

तनहुँ चुँदीरम्घास्थित भानु जन्मस्थलमा पूर्वाधार निर्माण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

तनहुँ- तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो। 

National life

विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ। यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो। 

भानुजयन्तीको अवसरमा सोमबार स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ।

सोही अवसरमा यही  मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ। प्राप्त कवितामध्ये मूल्यांकन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको रानाभाटले जानकारी दिए। 

प्रकाशित: Jul 11, 2022| 08:10 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।