सोमबार, जेठ ४, २०८३

रुपन्देहीको तिलोत्तमामा एक युवतीको शव फेला

तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा फेरी अर्को एक युवती मृत फेला परेकी छन्। तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी हुन्। 

National life

दुई दिनदेखि वेपत्ता रहेकी शर्मा तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। 

उनी  शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी थिइन्। नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिइन्। गुल्मीको दरबार गाउँपालिका–४ घर भई हाल तिलोत्तमा-३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएका थिए।

मृतक अस्मिताका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा रहेका छन्। शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशकि अस्पताल बुटवलमा राखिएको छ।

प्रकाशित: Jul 11, 2022| 08:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।