सोमबार, साउन १८, २०८३

अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु

अछाममा जडीबुटी खाँदा एक जनाको ज्यान गएको छ। एक जना बिरामी भएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

अछाम- अछाममा जडीबुटी खाँदा एक जनाको ज्यान गएको छ। एक जना बिरामी भएका छन्। 

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन्। 

आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खाँदा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ।

प्रकाशित: Jul 11, 2022| 07:24 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।