सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ब्युटीपार्लर जान्छु भन्दै हिँडेकी २३ वर्षीया अस्मिता तिनाउ नदीमा मृत फेला

ब्युटीपार्लर जान्छु भन्दै हिँडेकी २३ वर्षीया अस्मिता तिनाउ नदीमा मृत फेला

बुटवलमा २३ वर्षीया युवती मृत फेला परेकी छन्। तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली शनिबार मृत फेला परेकी हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- बुटवलमा २३ वर्षीया युवती मृत फेला परेकी छन्। तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली शनिबार मृत फेला परेकी हुन्।

National life

शनिबार मध्याह्न १२ बजेतिर घरबाट ब्युटीपार्लर जान्छु भन्दै हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भएकी थिइन्। सम्पर्क बिहीन भएपछि परिवारले उनको खोजीकार्य थालेको थियो।

बेपत्ता भएको २४ घण्टापछि उनी आइतबार दिउँसो १ बजेतिर तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन्।

इलाका प्रहरी कार्यालयका अनुसार शनिबार मध्याह्नदेखि सम्पर्क बिहीन रहेकी अस्मिताको शव तिलोत्तमा नगरपालिका वडा नम्बर-६ पश्चिम पहुनीस्थित तिनाउ नदीको बीचमा घोप्टो परेर डुबेको अवस्थामा फेला परेको हो।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइती भएकी अस्मिताको तिलोत्तमा ३ का अनिल चुँदालीसँग गत वैशाख २६ गते बिहे भएको थियो। बिहेपछि श्रीमान् अनिल रोजगारीका लागि भारत छन्। अस्मिता सासूससुरासँग बस्दै आएकी थिइन्।

अस्मिता सम्पर्क बिहीन भएपछि घरपरिवारले माइती पक्षलाई शनिबार दिउँसै जानकारी दिएको थियो। घर र माइती दुवैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।

माइती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफूलाई नबोलाएको भन्दै घटना शंकास्पद रहेको आरोप लगाएको छ।

अस्मिताका बुवा नागेन्द्र कटवालले छोरी हराएको र मृत अवस्थामा फेला परेको जानकारी गराए पनि आफूहरू घटनास्थल नआउँदै शव उठाएर पोस्टमर्टमका लागि अस्पताल लगिएकाले घटना शंकास्पद हुनसक्ने बताए।

प्रहरीले शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ। र, प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Jul 11, 2022| 06:45 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।