सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ संक्रमण, चार जना बिरामी अस्पताल पुगे

कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ संक्रमण, चार जना बिरामी अस्पताल पुगे

कैलालीमा 'नाइरोबी फ्लाई’ संक्रमण फेला परेको छ। कैलालीको हसुलिया गाउँपालिकामा चार जनामा संक्रमण फेला परेको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

धनगढी- कैलालीमा 'नाइरोबी फ्लाई’ संक्रमण फेला परेको छ। कैलालीको हसुलिया गाउँपालिकामा चार जनामा संक्रमण फेला परेको हो।

National life

बर्खायामसँगै जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराको संक्रमणबाट बिरामी भएका व्यक्ति भेटिएका हुन्।

आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये चार जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ।

आइतबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर उनीहरू अस्पताल पुगेका थिए। उक्त समस्या 'नाइरोबी फ्लाई’ को संक्रमणका कारण भएको अस्पतालले जनाएको छ। अस्पतालले उनीहरू उपचारपछि घरफर्किसकेको जनाएको छ।

भारतीय सीमा नजिक रहेको उक्त क्षेत्रमा नाइरोबी फ्लाई किराको संक्रमण देखिन थालेको हो।

प्रकाशित: Jul 11, 2022| 06:27 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।