बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आबेको मृत्युपछि सम्पन्‍न निर्वाचनमा जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण

आबेको मृत्युपछि सम्पन्‍न निर्वाचनमा जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्‍न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

टोकियो- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्‍न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ। 

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा बिजय हुने अनुमान एनएचकेको सर्वेक्षणले देखाएको छ। यो यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने संकेत देखिएको हो। 

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिनुभएको थियो।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानियो। उक्त घटनामा सख्त घाइते बनेका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याइएको थियो। तर गोली लागि अत्यधिक रक्तश्राब भएका उहाँको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो। उहाँको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो।

kumari

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का दिएको छ र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको छ। 

प्रकाशित: Jul 11, 2022| 04:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।