बुधबार, फागुन २०, २०८२

आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट

उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक संगठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

टोकियो- हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ। 

उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक संगठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन्। 

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन्। आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन्।

रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए। तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन्।

प्रकाशित: Jul 11, 2022| 05:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।