बुधबार, फागुन २०, २०८२

ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी

मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैंद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

मोरक्को- मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन्। 

मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैंद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ।

धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ। 

क्षमा सूचीमा भएका अधिकांश कैंदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरूमध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ। 

आतंकवाद र आतंकवादसम्बन्धी घटनामा दोषी ठहरिएका ११ जना कंैदीहरूसमेत सजाय माफी पाउने सूचीमा रहेको बताइएको छ। उनीहरूले आतंककारीहरूलाई पुनः स्थापना गर्न मोरोक्को सरकारले सुरु गरेको पहलमा भाग लिएको उल्लेख गरिएको छ।

kumari

यी ११ जना कैदीहरूले सबै प्रकारका कट्टरपन्थी र आतङ्कवादलाई आधिकारिक तवरमा अस्वीकार गरेको घोषणा गरेका पनि वक्तव्यमा बताइएको छ। 

प्रकाशित: Jul 11, 2022| 04:30 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।