बुधबार, फागुन २०, २०८२

श्रीलंकाली राष्ट्रपति निवासमा लाखौँ नगद भेटियो

शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट लाखौँ रकम नगद बरामद गरेको बताइएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

कोलम्बो- शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट लाखौँ रकम नगद बरामद गरेको बताइएको छ। 

ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन्। श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ।

यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै बस्तु स्थितिबारे भन्न सकिने बताएका छन्। आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजीनामा माग्दै  भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी राष्ट्रपति कार्यालय प्रवेश गरी सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा शनिबार गरेका थिए। 

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भागेका थिए। प्रदर्शनकारीको आक्रोशित भीड त्यसपछि प्रधानमन्त्री रनिलविक्रमा सिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेका थिए।

आर्थिक संकट झन गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन्। यसैबीच, राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी यहाँको संसदका सभामुखलाई दिएको स्थानीय संचार माध्यमले जनाएका छन्।

kumari

कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार नै सर्वदलीय बैठक आयोजना गरी उचित विकल्प आएमा आफूले राजिनामा दिन सहमत भएको घोषणा गरेका थिए।

प्रकाशित: Jul 10, 2022| 23:02 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।