मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जयवीरसिंह देउवाको कम्पनी भन्छ- हामी स्यानिटरी प्याड आयात गर्दैनौँ

जयवीरसिंह देउवाको कम्पनी भन्छ- हामी स्यानिटरी प्याड आयात गर्दैनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरूले स्यानिटरी प्याडको आयात नगर्ने प्रष्ट पारेको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरूले स्यानिटरी प्याडको आयात नगर्ने प्रष्ट पारेको छ। सञ्चारमाध्यममा कम्पनीले ‘स्यानिटरी प्याड’ आयात गरेको र त्यसलाई फाइदा पुग्ने गरी बजेटमा ९० प्रतिशत कर छुटको नीति ल्याइएको भन्दै विरोध भएपछि कम्पनीले प्रष्टीकरण दिएको हो। 

आइतबार कम्पनीले वक्तव्य जारी गर्दै आफूहरूले प्याड नभई बालबालिकाका लागि प्रयोग हुने डाइपर मात्र आयात गर्ने गरेको उल्लेख गरेको हो। 

‘ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयात गर्ने कम्पनी हो,’ कम्पनीले भनेको छ, ‘विभिन्न माध्यममा प्याड आयात गरेको भन्ने कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर आपत्ति छ।’


प्रकाशित: Jul 10, 2022| 20:28 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।