मंगलबार, असोज २७, २०८३

४३ स्रष्टा सम्मानित, प्रधानमन्त्री भन्छन्- यो राष्ट्रको दायित्व हो

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टा सम्मान गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४३ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ। मन्त्रालयले एक कार्यक्रम आयोजना गरी आइतबार स्रष्टालाई पुरस्कारसहित सम्मान गरेको हो। 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टा सम्मान गर्नु राष्ट्रको दायित्व भएको बताए। भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको उनको भनाइ छ।

स्रष्टा मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उनको भनाइ छ। स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे।

‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगित एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन् । ति हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन्। ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्‍याउँदै आएका छन्। तसर्थ यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो,' कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, 'स्रष्टा र साधकहरुको सम्मानबाट उहाँहरुले सम्बन्धित क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरुलाई आफु संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ। यसै तथ्यलाई मध्येनजर गरी सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरुको स्थापना गरेको हो।' 

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार विभिन्न स्रष्टालाई  दिइएको थियो। 'पुरस्कृत हुनुभएका विशिष्ट प्रतिभाहरुलाई नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई दिन चाहान्छु,' प्रधानमन्त्री देउवाले थपे, 'साथै पुरस्कृत प्रतिभाहरुबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति, संगित एवं नाट्य क्षेत्रको विकास हुनेमा अझ बढी योगदानको अपेक्षा पनि गरेको छु।’

प्रकाशित: Jul 10, 2022| 15:32 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।